२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

भीम रावललाई नेकपामा स्वागत गर्दै दाहालले भने– ‘एकतालाई चुनाव जित्ने रणनीतिको रुपमा नबुझियोस्’

shivam cement
२०८२ कार्तिक २६ गते १८:२५
Shares
भीम रावललाई नेकपामा स्वागत गर्दै दाहालले भने– ‘एकतालाई चुनाव जित्ने रणनीतिको रुपमा नबुझियोस्’

काठमाडौंः नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकहरुबीच एकता भएको टिप्पणी गरेका छन् ।

बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले मुलुकको स्वाधिनता, नेपालको भौगोलिक अखण्डता र जनताको आत्मनिर्णयको अधिकार इतिहासकै सबैभन्दा संकटको अवस्थामा रहेको बताए । उनले अहिलेको एकता निर्वाचन जित्ने प्रयोजनको लागि गरिएको एकताको रुपमा नबुझ्न समेत सबैमा आग्रह गरे । उनले राष्ट्रलाई जोगाउने आवश्यकताको जगमा सिद्धान्त र विचार मिल्ने कम्युनिष्ट दलहरु मिल्नुपरेको दोहोर्‍याए । 

उनले भने, ‘मुलुक आज असाधारण संकटमा छ । मुलुकको स्वाधिनता, नेपाली जनताको आफ्नो सम्मान, नेपालको भौगोलिक अखण्डता नेपाली जनताको आत्मनिर्णयको अधिकार यति संकटमा सयाद इतिहासमा कहिल्यै परेको थिएन । मैले भन्ने गरेको छु सुगौली सन्धि यताको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ । त्यसकारण यो एकता कुनै ट्याक्टिकल एकता होइन । यो तत्काल चुनाव जित्नको लागि गरिएको एकता होइन । त्यसरी नबुझियोस् । यो एकता राष्ट्र बचाउने ऐतिहासिक आवश्यकतामा बनेको हो । यो एकता जेनजी आन्दोलनका क्रममा युवाहरुले उठाएका मागहरु र आवश्यकताका आधारमा पनि यो एकता भएको हो ।’

उनले गत भदौको अन्तिम साता भएका जेनजी विद्रोहले समेत आफूहरुलाई आत्मआलोचनासहित एकतावद्ध हुन प्रेरणा दिएको बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर