२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

२ सय १८ बोरा युरिया मल बरामद

shivam cement
शहबाज खान
२०८२ कार्तिक २५ गते २०:५५
Shares
२ सय १८ बोरा युरिया मल बरामद

कपिलवस्तु : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कपिलवस्तुको मर्यादपुरस्थित एक बगैँचाबाट २ सय १८ बोरा भारतीय युरिया मल बरामद गरेको छ । सोमबार राति भारत–नेपाल सीमाक्षेत्रमा गरिएको विशेष अपरेसनका क्रममा मल फेला परेको हो । 

विशेष सूचनाको आधारमा नेपाल भन्सार कार्यालय सुथौली र सशस्त्र प्रहरी बल (बीओपी) डांग्रीको संयुक्त टोलीले बगैँचामा छापा मारेको थियो । झाडी र माटोले ढाकिएको अवस्थामा लुकाइराखिएको मल बरामद गरिएको प्रहरीले जनाएको छ ।

नेपाल भन्सार कार्यालयका प्रमुख किरण बिष्टले बरामद मल जफत गरिएको पुष्टि गर्दै भने,‘यति ठूलो मात्रामा मल नेपाल भित्रिनु गम्भीर विषय हो । तस्करहरूले रातको अँध्यारो र भित्री बाटोहरू प्रयोग गरी तस्करी गरेको देखिन्छ ।’

स्रोतका अनुसार भारतको खुनुवा सीमाबाट मर्यादपुरसम्म अवैध रूपमा मल ढुवानी गरिएको थियो । यो क्षेत्र युरिया, पेट्रोल र अन्य वस्तुहरूको तस्करीका लागि चर्चित मानिन्छ । स्थानीय बासिन्दाले भने, सुरक्षाको कडाइबीच पनि यति ठूलो तस्करी सम्भव हुनुले निकायहरूको कार्यप्रणालीमाथि प्रश्न उठाएको टिप्पणी गरेका छन् । 

बरामद गरिएको मलको बजार मूल्य लाखौं रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । नेपाल प्रहरीले घटनामा संलग्न तस्करहरूको पहिचान र स्रोत पत्ता लगाउन अनुसन्धान थालेको छ ।

यसबीच, स्थानीय किसानहरूले मल अभावकै कारण यस्तो तस्करी बढेको जनाएका छन् । ‘सरकारले समयमै मल उपलब्ध नगराउँदा किसान बाध्य भएर तस्करीको भर पर्नुपरेको हो,’ एक किसानले भने । 

ADV

ताजा खबर

सम्बन्धित खबर