२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

अहिले मुलुकमा निर्वाचनको विकल्प सोच्ने ठाउँ पनि छैनः खिमलाल देवकोटा

shivam cement
२०८२ कार्तिक २५ गते १५:५८
Shares
अहिले मुलुकमा निर्वाचनको विकल्प सोच्ने ठाउँ पनि छैनः खिमलाल देवकोटा

काठमाडौंः संविधानविद खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहेका उनले निर्वाचनमार्फत प्रतिनिधि पुनःस्थापना गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् । मंगलवार नेपाल कानुन समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचनः चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकाले त्यसभन्दा दायाँबायाँ सोचेर अघि बढ्न नमिल्ने तर्क समेत गरे । 

उनले भने,‘प्रतिनिधि सभाको विघटन भएको हो । त्यो प्रतिनिधिसभाको निर्वाचनमार्फत पुनःस्थापना गर्ने कुरा हो । दोस्रो कुरा, यो सरकारले निर्वाचन घोषणा गरेको पनि होइन । राष्ट्रपति फागुन २१ गते निर्वाचन गर्ने तपाईँको जिम्मेवारी हो भनेर टिओआर दिनुभएको हो । यो सरकारले फागुन २१ गते चुनाव गर्नका लागि मन्जुर गरेर त्यो कुर्सी लिएर आएको हो । त्यसकारण त्यसभन्दा भिन्न ढंगले मैले सोच्ने ठाउँ छैन । त्यसकारण निर्वाचनमार्फत् प्रतिनिधिसभा आउने कुरा चाँही महत्वपूर्ण कुरा हो ।’

नेता देवकोटाले मुलुकलाई अघि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था उपयुक्त हुने पनि बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर