
काठमाडौंः राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको सभापति तुलसाकुमारी दाहालले बताइन् । उनकाअनुसार प्रतिवेदनमा समितिले वर्षभरी समसामयिक विषयमा गरेका निर्णयहरु उल्लेख गरिएको छ ।
उनले समितिले प्रदेश तथा स्थानीय तहसँगको छलफल तथा अध्ययनका लागि सुदूरपश्चिम जाने निर्णय गरेको पनि बताइन् । उनले अध्ययन गर्न सुदूरपश्चिम जानका लागि मिति तोक्न बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने पनि बताइन् ।
जेनजी विद्रोहपछि पहिलो पटक संसदीय समिति छलफल तथा अनुगमनका लागि उपत्यका बाहिर जान लागेको हो ।