२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

shivam cement
२०८२ कार्तिक २३ गते २०:४०
Shares
‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आबद्ध आफ्ना क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ । 

साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा उपलब्ध गराउनेगरी बैंकले सो सुविधा ल्याएको हो । ऋण लिने सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले बैंक शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाटै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन् ।

यो डिजिटल ऋण सुविधा प्राप्त गर्न व्यवसायमा कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्नेछ । योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

यस अन्तर्गत न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्म ऋण लिन सकिने र ऋण भुक्तानी मासिक किस्तामार्फत गर्नुपर्ने बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर