
काठमाडौँ : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।
नेप्से परिसूच ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा पुगेको छ ।
३२३ स्क्रिप्सको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ रुपैयाँमा कारोबार भयो । सेयर दोहोरो अंकले घटेपनि धर्मखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।