२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

shivam cement
२०८२ कार्तिक २३ गते १६:५१
Shares
सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्ने बताएका छन् ।

सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वर्ल्ड’ को औपचारिक शुभारम्भ समारोहमा बोल्दै मन्त्री खरेलले पिएसबीमार्फत दिइने विषयवस्तु बलियो, प्रभावकारी र दिगो हुनुपर्नेमा जोड दिए ।

सञ्चारमन्त्री खरेलले भने, “पिएसबीको नारा ‘जष्टिफाई’ हुन जरुरी छ । यसले दिने ‘कन्टेन्ट’ बलियो हुनुपर्‍यो, कन्टेन्टमा नवीनता र सिर्जनशीलता झल्कनुपर्छ र प्रस्तुतीमा निखारपन आउनुपर्छ । पिएसबीको पहुँच जनतामा सहज र सरल रुपमा पुर्‍याइनुपर्छ ।”

उनले चुनौतिकाबीच पिएसबीको सुखद् सुरुवात भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिए । सञ्चारमन्त्री खरेलले विदेशमा बसोवास गर्ने नेपाली तथा विदेशीहरुको नजरमा नेपालको पहिचान र गौरब झल्कने सामग्री समेट्न जरुरी भएको उल्लेख गरे ।

उनले नेपालमा मात्रै नभई विश्वभर आमसञ्चार चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पिएसबीलाई मोबाइल, ‘डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टिभीको दर्शक र स्रोता बढाउनेगरी प्रसारण हुनुपर्नेमा जोड दिए । “हिजोको जस्तो भित्तामा टेलिभिजन राखेरर चन्दैन । बदलिँदो समय र प्रविधि तथा उपकरण अनुरुप अब, सुधार गर्नेपर्छ । एनटिभीको पाँचवटै च्यानलमार्फत कसरी जनताको विश्वास जित्ने, लाइक भिवरसिप बढाउनुपर्छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ”, सञ्चारमन्त्री खरेलले भने ।

उनले पछिल्लो समय आमसञ्चार माध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यवसायिक बन्न विभिध चुनौतीहरु थपिँदै आमसञ्चारको दिगोपना र व्यावसायीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर