२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

सिजी हाँकिरहेका वरुण–निर्वाण–राहुल

shivam cement
छबि सापकोटा
२०८२ कार्तिक २२ गते ०६:३०
Shares
सिजी हाँकिरहेका वरुण–निर्वाण–राहुल

काठमाडौं : गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ग्रुपले १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको चौधरी ग्रुपको बागडोर छोराहरू वरुण, निर्वाण र राहुल चौधरीको काँधमा आइपुगेको छ । एउटा गतिशील कम्पनीमा उतारचढाव आइरहन्छ । तर नेतृत्वले त्यसलाई कसरी सम्हाल्छ, उसको क्षमता त्यहीबेला देखिने हो । दुई महिनाअघिको जेनजी विद्रोहका क्रममा अराजक समूहको तारोमा चौधरी गु्रप पनि परेपछि सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका थिए थिए, ‘हामी पुनर्निर्माण गर्नेछौं, पुनः उठ्नेछौं र अझ बलियो भएर अघि बढ्नेछौं ।’ 

सतुंगलस्थित उद्योग, थापाथलीस्थित अटोमोबाइल्स सो–रुममा आगजनी र तोडफोडले ध्वस्त भएपछि अहिले ललितपुरको सानेपामा रहेको कर्पाेरेट अफिसबाट काम भइरहेको छ । हजारौंलाई रोजगारी र राष्ट्रिय अर्थतन्त्रलाई योगदान दिइरहेको कम्पनीमाथिको प्रहारले निजी क्षेत्रलाई लगानी विस्तारमा निरुत्साहित पार्ने चिन्ता सर्वत्र भइरहेका बेला प्रबन्ध निर्देशक चौधरीको प्रतिबद्धताले केही आशा जगायो । फलस्वरूपः दुई महिनामै सिजी फेरि उठिसकेको संकेत दिएको छ । 

१९९० सालअघि काठमाडौको जुद्ध सडक (न्युरोड)मा भुरामल चौधरीले कपडा व्यापार सुरु गरेका थिए । भारतबाट कपडा आयात गरेर सुरु गरेको व्यवसाय यात्रा अहिले देशकै अग्रणी प्रतिष्ठानमा परिणत भएको छ । उनीपछि छोरा लुनकरणदास चौधरीले व्यवसाय अघि बढाए । अनि जन्मियो चौधरी गु्रप । चौधरी गु्रप स्वदेशमा मात्र होइन, विदेशमा समेत आफ्नो सञ्जाल विस्तार गरेर बहुराष्ट्रिय कम्पनी बनिसकेको छ । चौधरीको ग्रुपको व्यवसायमा सबैभन्दा ठुलो माइलस्टोन बन्यो, वाइवाई चाउचाउको लोकप्रियता । आज पनि सिजीलाई चाउचाउ कम्पनीका रूपमा मात्र चिन्ने ठुलो जमात छ । वाइवाईको सर्वाधिक बिक्रीबाटै विनोद चौधरीले ठुलो व्यावसायिक छलाङ पारेका हुन् । वाइवाई अहिले भारत, सिक्किम हुँदै धेरै देशमा पुगिसकेको छ ।  

सिजीले सन् २००६ मा भारतमा पहिलोपटक चाउचाउ उत्पादन सुरु गरेर आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो । अहिले सर्बिया, बंगलादेश र काजाकिस्तानमा पनि उत्पादन भइरहेको छ । सिजी फुडले पाँच महादेशका ३५ भन्दा धेरै देशमा आफ्नो व्यवसाय विस्तार गरेको छ । नेपालमा सिजी फुड्स, होटेल तथा रिसोर्ट, बैंक, शिक्षा, इलेक्ट्रोनिक्स, टेलिकम, अटोमोबाइल्स, हाइड्रो, पेय पदार्थलगायतमा सिजी गु्रपको आक्रामक लगानी छ । नेपालका एक मात्र खर्बपतिका रूपमा स्थापित उनै व्यवसायी विनोद चौधरीले व्यावसायिक नेतृत्वमा छोराहरूको काँधमा छाडेर राजनीतिमा होमिएका हुन् । छोरा निर्वाण कम्पनीका प्रबन्ध निर्देशक हुन् भने वरुण र राहुल निर्देशक छन् । 

ADV

सम्बन्धित खबर