
काठमाडौं : आइएमई ग्रुप छोटो समय मुलुकको ठुलो बिजनेस कम्पनी बनेको छ । बाग्लुङका सामान्य परिवारका चन्द्र ढकाल छोटो समयमा व्यवसायी बिजनेस घराना बनाएका छन् ।
२०४५ सालमा वाणिज्य बैंकमा जागिर गरेका ढकाल ५ वर्षपछि व्यवसायतिर लागेका थिए । मनी ट्रान्फर व्यवसायमा गरिरहेका ढकाल जब इन्टरनेसनल मनी ट्रान्सफर (आइएमई) खोल त्यसपछि उनको व्यवसायी करियरमा निरन्तर अगाडि बढेको थिए ।
आइएमईपछि बैंकिङ क्षेत्रमा प्रवेश गरेसँगै व्यवसाय क्षेत्रमा स्थापित बन्न पुगे । निजी क्षेत्रको व्यवसायी संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिरहेको ढकालले आफ्नो व्यवसायको नेतृत्व छोरालाई दिँदै गएका छन् ।
ढकालको व्यवसाय समान्ने काम दुई छोरा निशान र सचिनले गरेका छन् । निशानले अटोमोबाइल हेर्छन् भने सचिनले हस्पिटालिटी हेर्ने गरेका छन् । दुवै जना विदेशबाट म्यानेजमेन्ट पढेका छन् । नेपाल आएका दुवै भाइले अहिले आइएमी ग्रुपको बिजनेसमा जोडिएका छन् । सचिनकै नेतृत्वमा आइएमईको हस्पिटालिटी क्षेत्रको बिजनेस गरिरहेको छ ।
इला हस्पिटालिटी अन्तरण आइएमई ग्रुप देशैभर होटल क्षेत्रमा लगानी गरिरहेको छ । आइएइमी ग्रुपले अहिले अहिले रेमिट्यान्स, बैंकिङ, इन्स्योरेन्स, पर्यटन तथा होटल, जलविद्यत्, सूचना प्रविधि, अटोमोबाइल, केबलकारलगायतको क्षेत्रमा लगानी गरेको छ ।