२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल

shivam cement
२०८२ कार्तिक २३ गते १५:१०
Shares
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल

काठमाडौँ : राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिँदै छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार सिंहदरवारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न लागिएको छ ।

‘आन्तरिक काम सुरु भएको छ । हल व्यवस्थापनको लागि करिब ३० लाखको एस्टिमेट छ’,अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा भने ।

हल नहुँदा राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । हल व्यवस्थापन पनि भइसक्ने र अधिवेशन बोलाउन सकिनेबारे छलफल चलिरहेको छ ।

अध्यक्ष दाहालका अनुसार आगामी मंसिर दोस्रो साता राष्ट्रिय सभाको अधिवेशन बोलाउन सकिन सुझाव दिइएको छ ।

‘मंसिर १५ गतेभित्र अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिइएको छ’, प्रधानमन्त्री सुशीला काकीलाई दिएको सुझावबारे अध्यक्ष दाहालले विधायन समितिको बैठकमा भने ।

अध्यक्ष दाहालले प्रधानमन्त्री कार्की राष्ट्रिय सभाप्रति सकारात्मक रहेको पाएको बताएका छन् ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर