२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

महोत्तरीका ११ वटा सीमा नाका ७२ घण्टाका लागि सिल

shivam cement
२०८२ कार्तिक २२ गते १४:३३
Shares
महोत्तरीका ११ वटा सीमा नाका ७२ घण्टाका लागि सिल

काठमाडौँ : भारतको विहार राज्यमा विधान सभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमा नाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।

आगामी मंगलवार हुन लागेको भारत विहार राज्यको विभिन्न विधान सभाको सिटमा हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमा नाका बन्द  गर्न लागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल-भारत सिमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने भएको जानकारी दिएको छ । 

ADV

सम्बन्धित खबर