२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

मेयर बालेनलाई तत्काल पक्राउ गर्न माग गर्दै युवा संघले दियो साइबर ब्युरोमा जाहेरी

shivam cement
२०८२ कार्तिक २० गते १६:२७
Shares
मेयर बालेनलाई तत्काल पक्राउ गर्न माग गर्दै युवा संघले दियो साइबर ब्युरोमा जाहेरी

काठमाडौं : नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध जाहेरी दिएको छ ।

बिहीबार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर शाहविरुद्ध जाहेरी दिएका हुन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा केही दिन पहिला विभिन्न देश र नेपालका राजनीतिक दलहरूको नाम लिँदै आपत्तिजनक शब्दसहित स्टाटस लेखेका थिए । केही समयपछि स्टाटस सामाजिक सञ्जालबाट हटाएसँगै मेयर साहको विरोध हुँदै आएको छ ।

जसले राजनीतिक दल र मित्र राष्ट्रहरुको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको छ । जाहेरीमा मेयर शाहले नेपालका लोकतान्त्रिक आन्दोलनमा अग्रणि भूमिका खेलेका राजनीतिक दलहरुलाई सार्वजनिक पदमा बसेको व्यक्तिले गालीगलौज गरी सार्वजनिक शान्ति खलल हुनेगरी स्ट्याटस लेखेको उल्लेख गरिएको छ ।

मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउने गरी स्ट्याटस लेखिएको उनीहरुको आरोप छ । जाहेरीमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न माग गर्दै तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर