२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग

shivam cement
२०८२ कार्तिक २० गते १६:०८
Shares
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले हिमपहिरोमा परेका स्वदेशी तथा विदेशी पर्यटकको चाँडो उद्धार गर्न माग गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले बिहीबार एक विज्ञप्ति जारी गरी हिमपहिरोमा परेर उद्धारको पर्खाइमा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकको यथाशीघ्र उद्धार गर्न र वेपत्ता भएकाको तत्काल खोजी गर्न माग गरेका हुन् ।

कांग्रेसले प्रतिकूल मौसमका कारण हालै नेपालका विभिन्न हिमालमा गएको हिमपहिरोमा परी निधन भएका स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै, घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, मृत्यु भएका नेपाली नागरिकका परिवारलाई उचित राहतको प्रबन्ध गर्न कांग्रेसले सरकारलाई अनुरोध गरेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर