२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

गृहमन्त्री अर्यालमाथि सुदन गुरुङको आक्रोश- ‘अब तपाईंबाट आशा सकियो’

shivam cement
२०८२ कार्तिक २० गते १३:४८
Shares
गृहमन्त्री अर्यालमाथि सुदन गुरुङको आक्रोश- ‘अब तपाईंबाट आशा सकियो’

काठमाडौं : हामी नेपालीका संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै गृहमन्त्री अर्यालमाथि ‘राष्ट्रप्रतिको अपमान गर्ने गरी पदमा टाँसिएर बसिरहेको’ आरोप लगाएका हुन् ।

गुरुङले देशभर भ्रष्टाचार र हत्या प्रकरणमा कारबाहीको माग भइरहेका बेला जेनजी अभियन्तामाथि मात्र कठोर कदम चाल्ने गृहमन्त्री अर्याल जनताको भरोसा तोड्ने पात्र बनेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, “देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो । सहिदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।”

गुरुङले दुई महिना नाघ्दासम्म पनि सरकारले कुनै ठुला हत्यारा वा भ्रष्टाचारविरुद्ध कारबाही नगरेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, “देशको हितका लागि लड्दा मैले भ्रामक समाचार र चरित्रहत्या सहें । कामले बोल्छ भन्ने विश्वास थियो । तर अब तपाईंबाट आशा मरिसकेको छ ।”

जेनजी आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नका लागि नभएको स्पष्ट पार्दै गुरुङले मागहरू सम्बोधन नभए आगामी चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, “चुनावको नाटक नचलोस् । यो आन्दोलन चुनाव सार्नका लागि होइन । यदि नेपाली जनता र जेनजीका माग सम्बोधन भएन भने यसपालिको चुनाव हुन दिइने छैन ।”

ADV

ताजा खबर

सम्बन्धित खबर