२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

shivam cement
२०८२ कार्तिक २० गते ०९:५०
Shares
बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

काठमाडौँ : बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

थालारा गाउँपालिका-२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । थलारा-२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका-४ का ४५ वर्षीय खुसीराम चौधरी गम्भीर घाइते भएका छन् । उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेको छ । चौधरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

ADV

सम्बन्धित खबर