२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

हुम्लाको छत्रपाल विद्यालयमा आगलागी

Nada
२०८२ कार्तिक २० गते ०७:५२
Shares
हुम्लाको छत्रपाल विद्यालयमा आगलागी

हुम्ला : अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ । अदानचुली गाउँपालिका–३ मा रहेको सो विद्यालयमा आज राति ८:०० बजेदेखि आगलागी हुँदा विद्यालयको दुईतले-दुईकोठे भवन पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्ताबेज जलेर नष्ट भएका शिक्षक नन्द फडेराले जानकारी दिए । कार्यालय कोठामा भएको सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्कटप, चार दराज, चार सोफा सेट, २० वटा प्लास्टिक कुर्ची, एक रिङ कुर्ची, तीन वटा मादल, हार्मोनियम, ड्रम सेट, १२ सेट टेबल कुर्ची, दुई वटा प्रिन्टर, अत्यावश्यक कागजातलगायत सामग्री नष्ट भएका उनले शिक्षक नन्द फडेराले बताए । 

 आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागी भएको समयमा कार्यालय कोठाको ढोकाको ताल्चासमेत नलगाई ह्यान्डिल मात्र लागेकाले घटना संकास्पद रहेको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए  । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ  ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर