
                  
काठमाडौँ : नेपाली कांग्रेस महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन भएको छ ।
राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मंगलवार बिहान निधन भएको हो ।
जोन्छेको आजै भक्तपुरस्थित हनुमान घाटमा अन्तिम दाहसंस्कार गरिनेछ । स्वर्गीय जोन्छेको पार्थिव शरीर राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।