२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

हिम पहिरोमा परी पाँच विदेशीसहित सातको मृत्यु

shivam cement
२०८२ कार्तिक १८ गते ०६:३५
Shares
हिम पहिरोमा परी पाँच विदेशीसहित सातको मृत्यु

दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमशृंखला आरोहणका लागि गएका पाँच विदेशीसहित सात जनाको मृत्यु भएको छ । सोमबार रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै गएको हिम पहिरोमा परेर उनीहरूको मृत्यु भएको हो । 

मृत्यु हुनेमा अमेरिकी नागरिक तीन जना, क्यानडाका एक र इटालीका एक गरी पाँच जना विदेशी छन् । उनीहरूसँगै रहेका दुई जना नेपालीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ‘हिमपहिरोमा परेर सात जनाको मृत्यु भइसकेको छ । मृतकको सनाखत भइसकेको छैन,’ सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भने । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएको उनले बताए ।  

५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहणका लागि सोमबार बिहान ५ विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए । बिहान करिब साढे ८ बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले पुरेको प्रहरीको भनाइ छ । समयमा हिम पहिरोबाट उद्धार नहुँदा मानवीय क्षति भएको दोलखा प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । ‘आरोहणमा गएको टोली हिम पहिरोमा परेको सूचना ढिलो गरी मात्रै आयो,’ उनले भनेका छन् । सूचना आएलगत्तै जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई जानकारी गराएर उद्धारका लागि त्यसतर्फ जाँदा मौसम खराबका कारण हेलिकोप्टर उडान हुन नसकेको र पैदलमार्फत उद्धार सम्भव नभएको डिएसपी महतोको भनाइ छ ।  

हिमपहिरोमा बेपत्ताको खोजीका लागि लामाबगरबाट नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ । ‘दिनभर उद्धारको धेरै प्रयास भए पनि हेलिकोप्टर आउन सकेन । स्थलमार्गबाट पनि उद्धारमा पठाइएकाले मंगलबार बिहानबाट उद्धार हुन्छ होला,’ उनले भने ।  

ADV

ताजा खबर

सम्बन्धित खबर