२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

बाढीपीडितले पाएनन् राहत

shivam cement
२०८२ कार्तिक १८ गते ०६:३०
Shares
बाढीपीडितले पाएनन् राहत

काठमाडौं : मधेशका बाढीपीडितले राहत पाउन सकेका छैनन् । गत असोजमा गएको बाढीबाट पीडित किसान एवं सर्वसधारणलाई राहत उपलब्ध गराउन स्थानीयले माग गरेका छन् । 
आम जनता पार्टी (आजपा) ले बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत उपलब्ध गराउन माग गर्दै सरकारलाई ज्ञापनपत्र नै बुझाएको छ । 

आजपा रौतहट क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीले सोमबार रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई आजपाले ज्ञापनपत्र बुझाउँदै बाढीपीडितलाई न्याय तथा किसानलाई राहत एवं मुआब्जा उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

हालैको बाढी र अविरल वर्षाका कारण जिल्लाका विभिन्न गाउँहरू डुबानमा परेका थिए । धेरै किसानहरूको खेतबारी, बालीमा क्षति भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर