२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

shivam cement
२०८२ कार्तिक १७ गते १२:४८
Shares
बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौंः बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै अवरुद्ध छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिए । 

सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल–चीन जोड्ने राजमार्ग, रसुवास्थित पासाङ  ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम–कोरोला सडकखण्ड अवरुद्ध छन् ।

यस्तै, बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । 

ADV

सम्बन्धित खबर