२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

नागरिक आरोग्य केन्द्र भवन उद्घाटन

shivam cement
घुरन यादव
२०८२ कार्तिक १६ गते २२:१९
नागरिक आरोग्य केन्द्र भवन उद्घाटन

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिकामा नागरिक आरोग्य केन्द्र भवनको उद्घाटन गरिएको छ । आइतबार एक विशेष समारोहकाबीच भवनको उद्घाटन गरिएको हो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, प्रमुख प्रशासकीय अधिकृत रमेश यादव, स्वास्थ्य संयोजक पवन यादव, बुद्धिजीवी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले गाउँपालिकाभित्रका नागरिकलाई डाइबिटिज, ग्यास्ट्रिक लगायतका रोगको निःशुल्क परामर्श र औषधि सेवा प्रदान गरिने जानकारी दिए । उनले नागरिक आरोग्य केन्द्र सञ्चालनमा आएपछि स्थानीयलाई स्वास्थ्य सेवा सहज र सुलभ हुने विश्वास व्यक्त गरे ।

ADV

सम्बन्धित खबर