२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

बसले अटो रिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु

shivam cement
२०८२ कार्तिक १६ गते ०९:१०
बसले अटो रिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु

काठमाडौँ : धनुषामा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको  इलाका प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका-१ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटो रिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।

दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर