२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन अनुगमन कार्यालयको आग्रह

shivam cement
२०८२ कार्तिक १६ गते ०७:४०
समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन अनुगमन कार्यालयको आग्रह

काठमाडौँ : सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ ।

बोलपत्रदाताले अन्तिम समयमा मात्र बिड समिसन गर्ने प्रचलन रहेकाले एकै पटक प्रणालीमा अत्याधिक चाप पर्ने गरेको कार्यालयले स्पष्ट पारेको छ । प्रणालीमा देखिने समस्याले बोलपत्र प्रक्रियामा जटिलता उत्पन्न हुने र छुट्ने जोखिम अत्याधिक रहने गरेकाले त्यससँग सम्बन्धित गुनासा आउने गरेको कार्यालयले उल्लेख गरेको  छ । विद्युतीय खरिद प्रणालीको सर्भरमा समस्या आएर कुनै पनि प्रयोगकर्ताको पहुँच हुन नसकेमा मात्र कार्यालयले म्याद थप गर्ने गरेको छ ।

अन्तिम समयमा चापका कारण प्रणालीमा ढिलाई भएकै आधारमा मात्र म्याद थप गर्न नमिल्ने कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन र अन्तिम समयको जोखिम नलिन आग्रह गरेको छ ।

अन्तिम समयमा माग हुने प्रविधि सहायता प्रदान गर्न समस्या पहिचानमा नै समय अभाव हुने स्पष्ट पार्दै कार्यालयले प्राविधिक सहायताका लागि पनि समयमा नै सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ । कुनै प्राविधिक समस्या देखा परे समयमा नै फोन मार्फत आवश्यक सहजीकरण गर्न कार्यालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर