२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बन्ने

shivam cement
२०८२ कार्तिक १५ गते १४:४२
चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बन्ने

काठमाडौंः नेपाल डेभलपमेण्ट पब्लिक कम्पनी (एनडीपी) ले चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बनाउने भएको छ । 

एनडीपीको शुक्रवार सम्पन्न साधारणसभाका कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी दिएका हुन् । उनले एनडीपीसहितको समुहले मिलेर सो जलविद्युत परियोजना निर्माणको लागी सम्झौता गरेको बताए। उक्त जलविद्युत निर्माणको लागि सहज रहेको समेत उनले बताए । भारतको सिमासम्म पुग्ने गरि उक्त ठाउँमा विद्युत प्रशारण लाईन समेत बनिसकेको उनको भनाइ छ । मुक्तिनाथ जाने बाटोमा रहेको लेतेबाट टनेलमा पानी छिराउने र हाईवेमा नै कालिगण्डकी पावरहाउस निर्माण गर्ने उनले जानकारी दिए । 

उनले भने,‘हामीले कालिगण्डकी कोभाङ भन्ने एउटा प्रोजेक्ट छ, जुन प्रोजेक्ट अदालतले खारेज गरेको थियो । अदालतले खारेज गरिदिएर प्रोजेक्ट बास्केटमा गएको थियो, अहिले त्यो कम्पनीले सर्वोच्चवाट मुद्दा जितेर लाईसेन्स रिस्टेट भएको हिसाबले हामीले त्यो लाईसेन्स एनडीपीसहितको ग्रुपले एग्रिमेन्ट गरेर अगाडी बढाउन खोजेका छौँ । त्यो करिब ४ सय मेगावाट हुन्छ । क्यू४० हिसाबले १६३ छ , क्यू२५ को हिसावले गर्दाखेरि करिब ४०० मेगावाट हुन्छ । त्यो भनेको ट्रान्समिसन लाईन पनि अलरेडी बनिसकेको छ । ईण्डिया जाने कालिगण्डकी करिडोर ट्रान्समिसन लाईन बोर्डरसम्म नै गईसकेको अवस्था छ । अर्को चाँही त्यो कस्तो ठाउँमा छ भने लेतेबाट टनेलमा पानी छिराउने र हाईवे मै कालिगण्डकी (हाम्रो ज्ञानेन्द्रजी र सांघाईजीहरुले अगाडी बढाउनुभएको) कालिगण्डकी गर्ज भन्ने त्यसको माथि हाईवे मै पावरहाउस निकाल्ने भनेपछि यो एकदमै राम्रो प्राजेक्ट छ । त्यो प्रोजेक्टमा हामी बढीसकेको अवस्था छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले एनडीपीले स्टार्टअप, जलविद्युत आयोजना निर्माण लगायतका क्षेत्रमा लगानी गर्ने जानकारी दिए ।  

ADV

ताजा खबर

सम्बन्धित खबर