 
    
    
        
        
  
 
                  
सुर्खेतः आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका–१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले कबिरामलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएकी धनिकलाको कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।