२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

shivam cement
२०८२ कार्तिक १४ गते ०९:२३
निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

झापा : मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ ।

मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए ।

 पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन १० किलोमिटर घुम्नुपर्थ्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ । पुल बनेपछि कृषि उपज हाटबजार पुर्‍याउन तथा त्यहाँबाट दैनिक उपभोगका सामग्री ल्याउन सजिलो भएको  स्थानीय भटभटिया राजवंशीले बताए। “पहिले ज्यानलाई नै जोखिममा पारेर नदी तरिहन्थ्यो, अब त्यसबाट मुक्त भएका छौँ”,  विगतको पीडा राजवंशीले स्मरण गर्दै उनले भने ।

ADV

ताजा खबर

सम्बन्धित खबर