२०८२ कार्तिक १४ गते शुक्रवार / Oct 31 , 2025 , Friday
२०८२ कार्तिक १४ गते शुक्रवार
Ads

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

shivam cement
२०८२ कार्तिक १४ गते ०८:४३
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौँ : अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जनाएको छ ।

अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चार सय बेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ ।

यस्तै, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने भएकोले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर