२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

बिपी राजमार्गमा रातको समयमा सवारी आवागमन निषेध

shivam cement
२०८२ कार्तिक १३ गते १७:३४
बिपी राजमार्गमा रातको समयमा सवारी आवागमन निषेध

सिन्धुली : निरन्तर भइरहेको वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै आज र भोलि रातको समयमा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन आवगमन निषेध गरिएको छ ।

बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना जारी गर्दै अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै दुई दिनसम्म रातको समयमा सवारीसाधन सञ्चालन नगर्न सबै सरोकार भएकालाई आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा जारी सूचनामा भनिएको छ, “कात्तिक १३ र १४ गतेको साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडाैंतर्फ जाने सवारीसाधन आवागमनमा निषेध गरिएको छ ।”

उक्त समयमा सवारीसाधन खुर्कोट बजारमा रोकिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न सबैलाई आग्रह गरे । दिउँसोको समय भारी वर्षा भएमा सुरक्षा निकायको समन्वयमा जुनसुकै स्थानमा सवारीसाधन रोक्न सकिने उनले जानकारी दिए । 

“रातको समयमा सवारी सञ्चालन रोक्नुको उद्देश्य यात्रुको सुरक्षा सुनिश्चित गर्नु र आकस्मिक दुर्घटनाबाट मानवीय र भौतिक क्षति जोगाउनु हो । बिपी र मध्यपहाडी मार्गका केही खण्डमा जोखिम अत्याधिक बढेकाले रातको समयमा सवारीसाधन चलाउन निषेध गरिएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालध्वज सुवेदीले भने । भारी वर्षाका कारण बाढीपहिरोको उच्च जोखिम देखिएकाले यात्रुलाई अनावश्यक यात्रा नगर्न र मौसम सुधार भएपछि मात्र यात्रा गर्न उनले सुझाव दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर