२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

सङ्खुवासभाको किमाथाङ्कामा भूकम्प

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ११ गते १०:४६
सङ्खुवासभाको किमाथाङ्कामा भूकम्प

काठमाडौँ : सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट क्षति भएको र नभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । 

यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise