
काठमाडौं : बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।
घटना कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ । आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)