
सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकामा छठ पर्वको अवसरमा विपन्न परिवारका महिलालाई साडी वितरण गरिएको छ ।
नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र साहले आइतबार आयोजित एक कार्यक्रममा गरिब, दलित, एकल र विपन्न परिवारका छठ व्रतालु महिलालाई लक्षित गरी करिब ३०० साडी वितरण गरेका छन् । आफ्नो व्यक्तिगत खर्चमा साडी वितरण गरेका साहले भने, “छठ जस्तो महान् पर्वमा सानो सहयोगले पनि समुदायमा खुशी बाँड्न सकिन्छ ।”
उनले आगामी दिनमा यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । हिन्दु धर्मावलम्बीहरूको आस्था र निष्ठाको पर्व छठमा नयाँ वस्त्रको विशेष महत्व हुन्छ ।
गरिबीको रेखामुनि रहेका र दैनिक गुजारा चलाउन समेत कठिनाइ भोगिरहेका परिवारका महिलालाई नयाँ साडी प्रदान गरिएको साहले बताए ।
कार्यक्रममा सहभागीहरूले यस्ता सहयोगले सामाजिक एकता र सहानुभूति बलियो हुने विश्वास व्यक्त गरे । स्थानीय समुदायले यो पहलको प्रशंसा गर्दै छठ पर्वलाई थप उत्साहपूर्ण बनाउन योगदान पुगेको बताए ।