२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ८ गते ०८:०२
आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । 

आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ 

आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise