२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

तिमीलाई पर्खिरहेछु

Nada
जनक कार्की
२०८२ कार्तिक ५ गते १५:०५
Shares
तिमीलाई पर्खिरहेछु

एउटा हिउँदभरि
पट्पटी फाटेको जर्जर जमिनजस्तै
मन लिएर
जसोतसो सम्हालिएर 
तिमीलाई पर्खिरहेछु।

ncell

प्रचण्ड गर्मीभरि
दुखेको अर्धकपालीलाई
तिम्रो पुरानो गलबन्दीले कस्सेर बाँधेर
जसोतसो सम्हालिएर
तिमीलाई पर्खिरहेछु।

वर्षायाममा भिजेका आँखाहरूमा
लत्पतिएको हिलोभित्र
भास्सिन खोजेका, मेरा पाइतालाहरूलाई
जसोतसो सम्हालिएर 
तिमीलाई पर्खिरहेछु।

यसपालि तिमीलाई स्वागत गर्न 
शरदलाई डाकेकी छु।

घामलाई आफ्नो तापक्रम घटाएर सितल हुन भनेकी छु
चन्द्रमाले स्वच्छ किरणको छाया बिछ्याएर
प्रफुल्ल,स्निग्ध ,भएर तिम्रो आगमनमा
अगस्त्य ताराहरूलाई ताली बजाउन जम्मा पारेको छ

तिम्रो पौडीबाज कला हेर्न 
पोखरीले कमलपुष्पको सजावट गरेको छ
निर्मल झरनाहरू तिम्रै स्नानको लागि झरिरहेछन्

भिमसेनथानको बाँसले 
मालाश्री धुन बजाइरहेको छ
भगवतीको मन्दिर प्राङ्गणमा 
लिङ्गे पिङ ,तिमीलाई पर्खिरहेछ।

मक्किएर लेउ लागेका घरका भित्ताहरूले पनि
कमेरो र रातो माटोको लाली पाउडर घँसेका छन
आँगन  ,करेसाबारी र वाटिकामा
सयपत्री र मखमलीले हावामा सुभाष मिसाएकाछन्
तिमीलाई मनपर्ने पहेँलो छिप्पिएको काक्रो
अन्तिम आश बोकेर 
झर्नु भन्दा पहिले 
तिमीलाई भेट्न, पर्खिरहेछ।

सुर्यास्तको समय छ
तिमी अग्लो पहाड बनेर आउ 
क्षितिज बनाएर,
एकचोटि कस्सेर
अँगालोमा बेर्ने मन छ
मेरा ओठका लालीले तिमीलाई चुमेर निधारमा
बिजयदशमीको लालीछाप टीका लगाइदिने अनुराग छ।

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

uae

सम्बन्धित खबर