२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

कलाकार अधिकारीले गरे काग सम्मेलन

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक २ गते २०:४२
कलाकार अधिकारीले गरे काग सम्मेलन

अर्घाखाँची : यमपञ्चकको पहिलो दिन आइतबार काग तिहारको अवसरमा अर्घाखाँचीमा नवौँ बृहत् काग सम्मेलन–२०८२ सम्पन्न भएको छ । अर्घाखाँचीको सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जको संयोजनमा देशभरका एफएम स्टेशनहरूबाट एकैसाथ सम्मेलनको प्रसारण गरिएको थियो । 

काग तिहारको पहिलो दिनलाई विशेष बनाउँदै हरेक वर्षझैं यसपटक पनि हास्यकलाकार तथा वरिष्ठ काग विशेषज्ञ भुवनेश्वर अधिकारीको प्रमुख उपस्थितिमा काग सम्मेलन आयोजना गरिएको हो । अधिकारीले विभिन्न एफएम रेडियो स्टेशनका छतमा राखिएका स्पिकरमार्फत कागको आवाज निकाल्दै कागहरूलाई बोलाएका थिए ।

उनको आवाज सुनेर कागहरू स्पिकर रहेको भवनसम्म आइपुगेका दृश्य स्थानीय बासिन्दाले रमाइलोका साथ अवलोकन गरेका थिए । अधिकारीले विगत नौ वर्षदेखि निरन्तर रेडियोमार्फत काग सम्मेलन गर्दै आएका छन् । उनले भने,‘यो वर्षको काग सम्मेलनको उद्देश्य नेपालमा बढ्दो बेरोजगारी, युवा विद्यार्थीको विदेश पलायन, सरकारको गैरजिम्मेवार नेतृत्व र बढ्दो भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउनु हो ।’

उनका अनुसार यस वर्षको सम्मेलनले भ्रष्टाचारविरुद्धको आवाज, जेन्जी आन्दोलनका मागहरूको सम्बोधन, र देशमा सुशासन तथा समृद्धि स्थापना गर्ने सन्देश दिएको छ । युवाप्रेमी र प्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित अधिकारीले विगत नौ वर्षदेखि निरन्तर काग सम्मेलन गर्दै आएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise