२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन् : गृहमन्त्री

shivam cement
मध्यान्ह
२०८२ असोज ३० गते १६:४९
निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन् : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचन बिथोल्न सक्रिय भएको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाइ बुझाइ गर्ने बताए ।

सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उहाको भनाइ छ । वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनका लागि बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे ।

निर्वाचनका लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत उनले जिकिर गरे । राजनीतिक दलहरूले भने सरकारले आफूहरूलाई बेवास्ता गरेको आरोप लगाउने गरेका छन् । 

उनले प्रहरी कर्मचारीलगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताए । व्यापक राजनितिक हस्तक्षेप भएका कारण प्रहरीको मनोबल गिरेको दाबी गर्दै उनले वर्तमान सरकारले उठाउने कोसिस गरिरहेको बताए । राजनितिक दलहरूले प्रहरीको दुरुपयोग गरेको उनको भनाइ थियो ।

ADV

सम्बन्धित खबर

Advertise