२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

नवलपुरमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

shivam cement
मध्यान्ह
२०८२ असोज ३० गते ०९:२९
नवलपुरमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

काठमाडौँ : नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

गए राति ९ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका-१ केउरेनीमा मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएका हुन् ।

दलदलेबाट रजहरतर्फ जाँदै गरेको लु ३७ प ६९२० नम्बरको मोटरसाइकलले ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक देवचुली १३ का ४३ वर्षीय रिमबहादुर नेपाली, मोटरसाइकलमा सवार गैँडाकोट नगरपालिका-१७ का ३५ वर्षीय कृष्ण नेपाली र देवचुली-१ केउरेनीका पैदल यात्री १८ वर्षीय दानबहादुर बिक घाइते भएको छ । 

देवचुली अस्पताल दलदलेमा उनीहरूको उपचार भइरहेको र सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise