२०८२ असोज २९ गते बुधवार / Oct 15 , 2025 , Wednesday
२०८२ असोज २९ गते बुधवार
Ads

जेन जेड आन्दोलनमा गएका थुक्तेन एक महिनादेखि बेपत्ता, अझै भेटिएनन्

shivam cement
मध्यान्ह
२०८२ असोज २९ गते ०८:१५
जेन जेड आन्दोलनमा गएका थुक्तेन एक महिनादेखि बेपत्ता, अझै भेटिएनन्

हुम्ला : नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता छन् । उनी काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन् ।

चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए । उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए ।

भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताए । बेपत्ता छोराको खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन् । बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन् । थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए । 

ADV

सम्बन्धित खबर

Advertise