२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

पूर्व सभामुख महराविरुद्ध थुनछेक बहस आज

Nada
२०८२ असोज २८ गते १०:५५
Shares
पूर्व सभामुख महराविरुद्ध थुनछेक बहस आज

काठमाडौँ : पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध थुनछेक बहस आज हुँदैछ ।

ncell

काठमाडौँ जिल्ला अदालतमा महराविरुद्धको थुनछेक बहस हुन लागेको हो । सोमबार सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । 

उनलाई थुनछेक बहसपछि न्यायाधीशले धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुरको खुमटारबाट पक्राउ गरेको थियो । 

भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो । उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर