काठमाडौँ : पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध थुनछेक बहस आज हुँदैछ ।
काठमाडौँ जिल्ला अदालतमा महराविरुद्धको थुनछेक बहस हुन लागेको हो । सोमबार सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।
उनलाई थुनछेक बहसपछि न्यायाधीशले धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुरको खुमटारबाट पक्राउ गरेको थियो ।
भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो । उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।