रोल्पा : परिवर्तन गाउँपालिका-४ पाछाबाङको गाउँडेरा गाउँमा जन्मेकी खुशी बुढा विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार प्रेमी परिवर्तन गाउँपालिका-३ माथिल्लो केवरी निवासी इन्जिनियर भूगोल डाँगीसँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् ।
खुशीले १० महिनामा ७ वटा लोकसेवाका परीक्षा उत्तीर्ण गरेकी हुन् । २०८० मा लुम्बिनी,कर्णाली,सुदूरपश्चिम र कोशी प्रदेश तथा संघीय गरी सात ठाउँमा नाम निकालेकी हुन् । उनले दुर्गम गाउँको सामुदायिक विद्यालयमा पढेको विद्यार्थीले पनि शहरमा पढेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकिन्छ र सफल हुन् सकिन्छ भन्ने दृष्टान्त दिन सफल भएकि थिइन् ।
एकै बर्षमा ७ ठाउँमा लोकसेवा उत्तीर्ण गरेर देशभर प्रभाव छाडेकी थिइनन् ।खुशी बुढा मगर अहिले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मत्स्य विकास केन्द्रमा कार्यरत छिन् भने भूगोल डाँगी अहिले सल्यानको छत्रेश्वरी गाउँपालिकामा इन्जिनियरको रूपमा कार्यरत छन् ।