२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

दुई वर्षपछि हमासले भन्यो- ‘विपिन इज नो मोर’ 

shivam cement
२०८२ असोज २८ गते ०६:२५
दुई वर्षपछि हमासले भन्यो- ‘विपिन इज नो मोर’ 

काठमाडौं : २० जना जीवित बन्धक हस्तान्तरण गरेको हमासले चार मृत बन्धकहरूको नाम सार्वजनिक गरेको छ । हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गर्दै उनीसहित चार जना बन्धकहरूको शव इजरायललाई बुझाउने तयारी गरेको हो । 

हमासले पछिल्लोपल्ट सन् ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा आक्रमणसँगै उनी बेपत्ता सूचीमा थिए । विपिनको रिहाइका लागि राज्य संयन्त्रको सबै शक्ति खटिए पनि अन्ततः झन्डै दुई वर्षमा उनको मृत्यु भएको खबरले उनको घर परिवार, समाज र राष्ट्रलाई नै स्तब्ध बनाएको छ । उनी सदाका लागि फर्कने आशाको त्यान्द्रो चुुँडिएको छ । 

आक्रमण सुरु गरेको दोस्रो दिन (७ अक्टोबर) १६ जना नेपाली विद्यार्थी परेकोमा विपिन पनि रहेका थिए । आक्रमणको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो । नेपाली विद्यार्थी विपिन वेपत्ता भएको १०६० दिनपछि अर्थात् झन्डै तीन वर्षपछि हमासले उनी जीवित नरहेको सन्देश पठाएको हो । इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उनीहरू सबै गाजा क्षेत्रनजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए । हमासले सोमबार जीवित २० जनालाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जनासम्मको हुन सक्ने भनिएको छ । हमासको सैन्य शाखाले चार जना बन्धकको नाम सार्वजनिक गरेको छ । 

हमासले बन्धक बनाएको एक महिनापछि (सन् २०२३ नोभेम्बर १७) विपिन गाजा क्षेत्रको अल सिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेन्ड लामो सो भिडियोमा अन्तिमपल्ट देखिएका विपिन आज सोमबार जीवित नरहेको जानकारी इजरायली अधिकारीहरूले दिएका थिए । विपिन बन्धक बनाइएको ४३औं दिन (२ मंसिर २०८०)मा बुबाआमाले गृह जिल्ला भ्रमणमा रहेका तत्कालीन परराष्ट्रमन्त्री साउदसित कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा भेटेर छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

उनको रिहाइका लागि राष्ट्रपति रामचन्द्र पौडेलले समेत पहल गरेका थिए । उनले ११ वैशाख २०८१ मा कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँगको भेटमा विपिनको रिहाइका लागि आग्रह गरेका थिए । राष्ट्रपति पौडेलको निमन्त्रणामा उनी दुईदिने राजकीय भ्रमणमा नेपाल आएका थिए ।

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जाबाट सकुशल रिहाइका लागि नेपाल सरकारका तर्फबाट भरपुर प्रयास भएको थियो । तथापि विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउने प्रयास सफल भएन । हमासको आक्रमणमा परेका मृतकको शव र घाइतेको उद्धार तथा स्वदेश फर्किन चाहने नेपाली नागरिक ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद १२ अक्टोबर २०२३ मा इजरायलको तेल अभिभ पुगेका थिए ।  नेपाली विद्यार्थी उद्धारका लागि उनको भूमिकाको प्रशंसा भएको थियो । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सन् २०२३ नोभेम्बर २५ (२०८० मंसिर ९)मा नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँगको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

साथै विपिनका आमाले इजरायली राष्ट्रपतिसँग विपिनकी छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् । बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाइ विद्यार्थीका रूपमा आएको र निर्दोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरेकी थिइन् । राजदूत पण्डितले पनि राष्ट्रपतिसमक्ष विभिन्न तवरबाट पहल गरेर विपिनको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए । जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि कोसिस भइरहेको बताए पनि अन्ततः उनको शव पठाउने तयारी गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise