२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पूर्वराज्यमन्त्री राय मृतावस्थामा फेला,हत्या भएको आशंका

Nada
२०८१ साउन ७ गते १०:४४
Shares
पूर्वराज्यमन्त्री राय मृतावस्थामा फेला,हत्या भएको आशंका

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका  ८० वर्षीय  रामचन्द्र राय मृतावस्थामा फेला परेका छन् ।  टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

ncell

उनले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताए  । “घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको आशंका छ”, प्रहरी उपरीक्षक सिंहले भने, “लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।” 

घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर