२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

पानीमा डुबेर तीन बालिकाको मृत्यु

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ असोज २७ गते १४:१३
पानीमा डुबेर तीन बालिकाको मृत्यु

रौतहट : रौतहटको गौर नगरपालिका-१, कानुपट्टी नजिकैको भित्री सडकमा बाढीको पानी जमेको खाल्डोमा डुबेर तीन बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा राजदेवी नगरपालिका-८, लक्ष्मीपुर टोलका १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गौरका अनुसार सात जना बालिकाको समूह घाँस काट्न गौरतर्फ जाँदै थियो । बाटोमा बाढीको पानी जमेको खाल्डोमा तैरने क्रममा उनीहरू खाल्डोमा परेका थिए । घटनाको जानकारी पाउनासाथ भन्सार सुरक्षा गार्ड, जिल्ला प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि खटिएको थियो ।

उद्धार टोलीले चार बालिकालाई सकुशल उद्धार गरेको छ । उद्धार गरिएकामा १३ वर्षीया मुस्कान कुमारी, १० वर्षीया चन्द्रमुखी कुमारी राम, १५ वर्षीया सुनिता कुमारी बैठा र १० वर्षीया मुस्कान कुमारी बैठा रहेका छन् । मृतक बालिकाहरूको शव हाल प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

यो घटनाले स्थानीय समुदायमा शोक छाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सावधानी अपनाउन र खाल्डाखुल्डीमा पानी जम्ने स्थानमा विशेष निगरानी राख्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise