२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

भृकुटीमण्डपमा मंगलबारदेखि तिहार फ्लोरा एक्स्पो

shivam cement
मध्यान्ह
२०८२ असोज २६ गते २०:२०
भृकुटीमण्डपमा मंगलबारदेखि तिहार फ्लोरा एक्स्पो

काठमाडौं : नर्सरी व्यवसायी संघ नेपालले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म पाँच दिवसीय प्रदर्शनी ‘तिहारको उत्सव, फूलको महोत्सव’ हुने भएको हो ।

संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले अहिलेको कठिन समयमा पनि कृषि तथा नर्सरी व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवा प्रदर्शनले उपभोक्तालाई फाइदा पुग्ने बताए । संघले आर्थिक मन्दीले सुस्ताएको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन दिन र स्वदेशी उत्पादन प्रवर्धन गर्न मेला आयोजना गर्न लागेको जनाएको छ ।

एक्स्पो संयोजक लक्ष्मी महर्जनले प्रदर्शनीले उद्यमी व्यवसायीको मनोबल बढाउने मात्र नभई नर्सरी व्यवसायमा रुचि राख्ने नव–उद्यमी, अनुसन्धानकर्ता र अध्ययनरत व्यक्तिका लागि बृहत् साझा मञ्चका रूपमा काम गर्ने बताइन् । संयोजक महर्जनले देशमा बढ्दो राजनीतिक अस्थिरताले उद्यमी व्यवसायीको मनोबल कमजोर बनाएको भन्दै व्यावसायिक वातावरण सुदृढ बनाउने सबै पक्षको जिम्मेवारी भएको बताइन् । 

प्रदर्शनीमा फूल फुल्ने र नफुल्ने बिरुवा, कृषि तथा वनस्पति, जडीबुटी र फलफूल नर्सरीका विविध प्रजातिका बोटबिरुवा राखिनेछन् । साथै मलखाद, अर्गानिक तथा रासायनिक विषादी, बिउ, औजार–सामग्री र प्रविधि प्रदर्शनलगायत अफिसियल स्टल गरी ७० स्टल उनले बताइन् । पाँच दिनसम्म चल्ने एक्स्पोमा ३५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise