२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न जेनजीको माग

shivam cement
मध्यान्ह
२०८२ असोज २६ गते १६:५५
वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न जेनजीको माग

काठमाडौं : जेनजी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न माग गरेको छ ।

जेनजी समूहले आइतबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटी उक्त माग गरेको हो । जेनजी समूहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

उनले वाइडबडी र लाउडा एयर घोटालाको छानविन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताए । अदालतबाट दोषी ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेको समेत उनले बताए । साथै करार कर्मचारीहरु संख्या कटौती गर्नुपर्ने माग राखेको उनले जानकारी दिए । निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेनजी समूहको माग छ । आफूहरुको माग पूरा नभए सबैले स्वेछिक राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिए । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनितिक हस्तक्षेप भएको स्वीकार गरेका छन् । जेनजीले उठाएका वाइडवडी र लाउडा लगायतका काण्ड २०४६ सालपछि भएको उनले बताए । उनले जहाज खरिदमा मात्रै नभएर विक्रीमा पनि अनियमितता हुने गरेको पाइएको बताए । जहाज बिक्री गर्दा ग्राउण्डेड गराएर मात्रै बिक्री गर्ने गरिएको उनको भनाइ छ । उनले निगमको अनियमितताको छानविनमा कर्मचारीहरुले छानविन समितिलाई सहयोग गरेको पनि बताए । 

जेनजी समूहले सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पती विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । निगमले दुर्गममा हवाई रुट थप्नुपर्ने, विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट दिनुपर्ने उनीहरुको माग छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise