२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

हराएको ३०३ वटा राइफल दमकमा फेला

Nada
२०८२ असोज २६ गते ११:१०
Shares
हराएको ३०३ वटा राइफल दमकमा फेला

झापा : दमक नगरपालिका-५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

ncell

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेको सो हतियार गत भदौ २४ गते जेड जेड प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३ सय ३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर