रुकुमपूर्वः रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुमालबारास्थित कच्ची सडक खण्डमा पिकअप जिप दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार शनिबार दिउँसो करिब ४ बजे रुकुमकोटबाट चुनवाङतर्फ जाँदै गरेको लु २ च १४४२ नम्बरको खुद्रा सामान बोकेको पिकअप जिप सडकमै पल्टिएको हो।
भूमे गाउँपालिका –२ बस्ने २४ वर्षिय चालक विजय बुढा मगरले चलाइरहेको उक्त जिप सडकको किनारमा रोकी राखेको अवस्थामा अचानक ब्याक भएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।