२०८२ कार्तिक ७ गते शुक्रवार / Oct 24 , 2025 , Friday
२०८२ कार्तिक ७ गते शुक्रवार
Ads

शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते १३:३१
शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

काठमाडौंः राष्ट्रपति भवन शीतल निवास अगाडि जेनजी युवाहरुले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

 राष्ट्रपति पौडेलले शनिवार जेनजी युवाहरुसँग छलफल गर्न बैठक बोलाएका थिए । राष्ट्रपतिसँगको छलफलमा सहभागी हुन शीतल निवासभित्र प्रवेश नपाएका युवाहरुले नाराबाजी गरेर विरोध जनाएका हुन् । नाराबाजी गर्ने युवाहरुले वास्तविक जेनजीलाई बाहिर राखेर हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीलाई मात्रै शीतल निवासभित्र प्रवेश गर्न दिएको आरोप लगाएका छन् । जेनजी प्रतिनिधि इन्जिनियर प्रवेश लामाले जेनजी आन्दोलन सुदन गुरुङले मात्रै नगरेको बताए।

सरकारले फागुन २१ गते तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सहज वातावरण बनाउन राष्ट्रपति पौडेल आफैँ सक्रिय भएका छन् । राष्ट्रपति पौडेलले शुक्रवार राजनितिक दल र प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुसँग छलफल गरेका थिए । राजनितिक दलका नेताहरुको छलफलपछि राष्ट्रपति पौडेलले शनिवार जेनजीका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएका थिए । तर शनिवारको छलफललाई सोमवारसम्मको लागी सारिएको छ ।   

ADV

सम्बन्धित खबर

Advertise