२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

प्रवासी म्याग्देलीको रक्तदान कार्यक्रम, ३० पिन्ट रगत संकलन

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असोज २४ गते २०:५३
प्रवासी म्याग्देलीको रक्तदान कार्यक्रम, ३० पिन्ट रगत संकलन

म्याग्दी : मोना कतार बहुउद्देश्यीय अक्षयकोषको आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ । सामाजिक एवम् मानवीय सेवामा सक्रिय अक्षयकोषको आयोजनामा शुक्रबार बेनी अस्पतालको प्रांगणमा सम्पन्न दोस्रो बृहत् रक्तदान कार्यक्रम–२०८२ मार्फत उक्त रगत संकलन भएको हो । 

रक्तदान कार्यक्रम क्रमशः मोना कतार, जापान, युएई, क्रोएसिया, बहराइन, कुवेत, मलेसिया, राखु समाज अस्ट्रेलिया, राखु समाज अमेरिका, गण्डकी प्रदेश समन्वय परिषद् कतार र बागलुङ सेवा समाज कतार अक्षयकोषको सहआयोजना रहेको थियो । कोषका अध्यक्ष विक्रम कार्कीको सभाध्यक्षता तथा गण्डकी प्रदेशसभाका सदस्य माननीय हरि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले प्रवासी म्याग्देलीको सीप र अनुभवलाई जिल्लामा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए । 

सोही अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शुभकामना मन्तव्य राख्दै रक्तदान र रगतको महत्व त्यस्तो अभावमा छटपटिएकाले मात्र बुझ्ने बताए । यसैबीच म्याग्दीमा सबैभन्दा धेरै ८५ पटक रक्तदान गर्ने मेयर केसीलाई सम्मान समेत गरिएको थियो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको प्राविधिक सहयोग रहेको कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसका सभापति अमर बानियाँले म्याग्दीमा रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्ला तथा प्रदेशमा समेत पठाउने गरिएको बताए । रक्तदान कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामी र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

म्याग्दीमा आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरू, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका, शल्य प्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्त अल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा तत्कालै रक्तदान गर्नेहरूको संख्या समेत धेरै छन् । रक्तदान कार्यक्रममा सहभागीलाई ढाका टोपी र सम्मान पत्र वितरण गरिएको थियो भने कोषलाई प्राविधिक सहयोग गर्ने भिमनाथ शर्मालाई समेत सम्मान गरिएको थियो । 

कोषका कोषाध्यक्ष रमेश पौडेल स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष कार्कीले प्रवास र जिल्लामा रहेका नागरिकहरूसँग मिलेरै १ करोडको अक्षयकोष स्थापना गरी कतारबाट फर्किएका म्याग्देलीहरु तथा जिल्लाका विभिन्न क्षेत्रमा सहयोग गर्ने योजना रहेको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise