२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

अस्थायी क्याम्पबाट स्वास्थ्य सेवा सञ्चालन

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ असोज २४ गते १६:४९
अस्थायी क्याम्पबाट स्वास्थ्य सेवा सञ्चालन

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र गङ्गा पिपरा बाढीले डुबानमा परेपछि अस्थायी क्याम्पमार्फत स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ ।

असोज १८ गतेको अविरल वर्षा र त्यसपछिको विनाशकारी बाढीका कारण स्वास्थ्य केन्द्र लामो समयदेखि डुबानमा छ । केन्द्रमा जमेको पानीको निकास नहुँदासम्म अस्थायी क्याम्पबाट सेवा प्रदान गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताए ।

नागरिकको स्वास्थ्य सेवाको गम्भीरतालाई मध्यनजर गर्दै अस्थायी क्याम्प सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे । हाल क्याम्पमार्फत गर्भवती महिलाको नियमित जाँच, सुत्केरी सेवा, अल्ट्रासाउन्ड, ओपिडी र परिवार नियोजनका सबै सेवाहरू दैनिक रूपमा प्रदान भइरहेको स्वास्थ्य शाखा संयोजक दिनेश महतोले जानकारी दिए ।

यो अस्थायी क्याम्प दुर्गा भगवती गाउँपालिकाको सहकार्य र युनिसेफको प्राविधिक सहयोगमा स्थापना गरिएको हो । बाढी र अविरल वर्षाका कारण गाउँपालिकाका अधिकांश क्षेत्र अझै डुबानमा छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise