२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

एनआरएनए मलेसियाका उपाध्यक्ष चौधरीद्वारा दुर्लभ रोगबाट पीडित व्यक्तिलाई आर्थिक सहयोग

shivam cement
तिलोचन गौतम
२०८२ असोज ८ गते २०:५८
एनआरएनए मलेसियाका उपाध्यक्ष चौधरीद्वारा दुर्लभ रोगबाट पीडित व्यक्तिलाई आर्थिक सहयोग

मलेसिया : मलेसिया क्वालालम्पुरमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली संघ(एनआरएनए) मलेसियाका उपाध्यक्ष अनिल चौधरीले गम्भीर रोगबाट पीडित एक नेपाली युवकलाई आर्थिक सहयोग गरेका छन् ।

हेमोफ्यागोसाइटिक लिम्फो–हिस्टियोसाइटोसिस रोगबाट पीडित १६ वर्षीय रुपन्देही तिलोत्तमा–७ निवासी  शुभम उपाध्याय ज्ञवालीलाई उक्त सहयोग गरेका हुन् । 

उनी हाल भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचाररत छन् ।

शुभमका बुबा रूपराज उपाध्यायको अल्पआयुमा निधन भइसकेकाले आमाको भरमा रहेका उनीहरूको परिवार आर्थिक रूपमा निकै कमजोर अवस्थामा छ । 

आमा विष्णु उपाध्यायले नेपालमै उपचारका क्रममा सम्पूर्ण सम्पत्ति सकिएपछि अहिले भारतमा उपचार खर्च जुटाउन असमर्थ भएको बताइन् । 

शुभमको उपचारका लागि शल्यक्रिया, औषधि र अस्पताल बसाइँ लगायतमा झण्डै २५ लाख भारतीय रुपैयाँ (करिब ४० लाख नेपाली रुपैयाँ) लाग्ने अनुमान गरिएको चिकित्सकहरूले बताएका छन् ।

यस्तो कठिन अवस्थामा चौधरीले आर्थिक सहयोग गर्दै शुभमको उपचारमा हातेमालो गर्न सबैलाई अपिल गरेका छन् । उनले शुभचिन्तक, दाजुभाइ तथा मनकारी व्यक्तिहरूलाई सकेसम्म सहयोग गर्न आग्रह गरेका छन् । उनको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले विष्णु उपाध्याय ज्ञवालीको एनएमबी बैंकको खाता नम्बर ०४२००२८८५८५०००१२ मा सहयोग गर्न सकिने जनाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise